पाल्पा– पाल्पाको रामपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमणबहादुर थापा विजयी भएका छन् । थापाले आठ हजार ८८५ मत प्राप्त ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजुप्रसाद श्रेष्ठले सात हजार ६७६ मत प्राप्त गरे ।


ADVERTISEMENT


त्यस्तै काँग्रेसकै विष्णुदेवी घिमिरे आचार्यले आठ हजार ५२८ मत प्राप्त गरी उपप्रमुखमा विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गादेवी रानाले सात हजार ९२४ मत प्राप्त गरे । नगरपालिकामा १० वटा वडामध्ये छ वटा वडामा नेपाली काँग्रेस र चार वटा वडामा नेकपा एमालेले विजयी हासिल गरेको छ । बाइस हजार १०९ मतदातामध्ये १७ हजार २३३ मत खसेको थियो ।


ADVERTISEMENT

# # #


वडा नं. २, ४, ५, ६, ७ र ८ मा काँग्रेस विजयी

वडा नं २ का वडाध्यक्षमा काँग्रेसका ताराबहादुर थापाले ५६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का पदमबहादुर कुमालले ३२७ मत प्राप्त गरे ।

वडा नं ४ को वडाध्यक्षमा काँग्रेसका एकबहादुर नेपालीले ९८५ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लुकबहादुर वीरकट्टाले ८०७ मत ल्याए । त्यस्तै वडा नं ५ का वडाध्यक्षमा काँग्रेसका हिमाल मल्लले एक हजार ४६७ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका फणेश्वर गौतमले ८०१ मत प्राप्त गरे ।

वडा नं ६ का वडाध्यक्षमा काँग्रेसका हुमनाथ न्यौपाने एक हजार ८० मत प्राप्त गरी विजयीभएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सागरप्रसाद देवकोटाले ६४५ मत प्राप्त गरे । यसैगरी वडा नं ७ का वडाध्यक्षमा काँग्रेसकै तीर्थप्रसाद पङ्गेनीले ७९५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुकदेव पोखरेलले ७४० मत प्राप्त गरे।

वडा नं ८ का वडाध्यक्षमा काँग्रेसका बोमबहादुर नामजालीले ९०३ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनेशकुमार आचार्यले ८५८ मत प्राप्त गरे ।

त्यस्तै वडा नं १, ३, ९ र १० मा एमाले विजयी भएको छ ।