पाँचथर : फिदिम नगरपालिका–२ मा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुने पुरुषको सनाखत भएको छैन। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे १ ज २९६१ नम्बरको ट्रयाक्टर करिब राति साढे ८ बजे दुर्घटना भएको हो।


ADVERTISEMENT


दुर्घटनामा परी ट्रयाक्टरमा सवार अन्य तीन जना पनि घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल पाँचथर र पाथीभरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कर्याालय प्रहरी नायब निरीक्षक विष्णुबहादुर खड्काले जानकारी दिए।


ADVERTISEMENT

# # #