काठमाडौं– चिकित्सा शिक्षा विधयेकको विषयमा १६ औँ अनसन थालेका डा केसीलाई इलामबाट काठमाडौँ ल्याएर शिक्षण अस्पतालको आइसीयूमा उपचार भइरहँदा अभियन्ता विजय थापालाई भने शिक्षण अस्पतालले विभेद गरेको छ ।


ADVERTISEMENT


चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि आमरण अनशन शुरु गरेका युवा विजय थापालाई आइसीयूमा राखेर उपचार गर्ने भनेर हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइए पनि इमजेन्सीमा राखिएको छ ।


ADVERTISEMENT

# # #


डा केसीको आइसीयूमा उपचार गराइरहेको र थापालाई इमर्जेन्सीमा राखिएको भन्दै थापा पक्षधरले असन्तुष्टि जनाएका छन् । मध्यरातमा काठमाडौं ल्याइएका डा. केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चिकित्सक र नर्स सहभागी टोली नै गठन गरेको छ। तर, थापालाई भने इमर्जेन्सी कक्षमा अलपत्र पारिएको हो ।

इमर्जेन्सीमा राखिएका थापालाई भेट्न गएका सञ्चाकर्मीमाथि नै डाक्टरले दुर्व्यवहार गरेका छन् । अस्पताल परिसरमा दर्जनौको संख्यामा प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित समाचार : डा.केसीविरुद्ध अनसन बसेका थापालाई पनि काठमाडौँ ल्याइयो (भिडियोसहित)

चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसीले इलाममा १६ औं अनसन थालेका थिए। अनसन थालेलगत्तै उनको स्वास्थ्य अवस्था बिग्रिएपछि नेपाली सेनाका एमआई १७ नाइटभिजने हेलिकोप्टरमार्फत उनलाई शुक्रबार बिहान ३ बजे झापाको भद्रपुर हुँदै काठमाडौं ल्याइएको थियो ।

यता थापाको पनि स्वास्थ्य स्थिति खराब भएपछि नेपाली सेनाको एनए ००५५ कलसाइन भएको हेलिकप्टर आज बिहान १० बजे अनशनकारी थापालाई लिएर चन्द्रगढी विमानस्थलबाट काठमाडौँ उडेको थियो ।