काठमाडौँ– अष्ट्रेलियाविरुद्धको एक दिवसीय क्रिकेट सिरिजका लागि अष्ट्रेलियामा रहेका महेन्द्र सिंह धोनीले उत्कृष्ट प्रदर्शन गरेका छन् । पूर्वकप्तान समेत रहेका धोनीले लगातार तीन खेलमा अर्धशतक बनाएका हुन् ।


ADVERTISEMENT


फर्ममा नरहेको भन्दै पछिल्लो समय आलोचित भइरहँदा धोनीले अन्ततः आफ्नो ब्याटबाट जवाफ दिएका छन् । अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा शुक्रबार भएको खेलमा ७४ बलमा ५० रन पूरा गर्दै अर्धशतकमा ह्याट्रिक गरेका हुन् । यसअघि पहिलो खेलमा उनले ९६ बलमा ५१ रन हानेको थिए ।


ADVERTISEMENT

# # #


यद्दपी उक्त खेल ३४ रनले जित्यो । दोस्रो खेलमा धोनीले २९९ रनको लक्ष्य पछ्याइरहेको भारतलाई जित दिलाएर सिरिजमा भारतको दाबेदारी कायमै गरे । फिनिसिसरको भूमिका खेलेका धोनीले उक्त खेलमा ५४ बलमा नटआउट ५५ रन जोडेका थिए । यस्तै आज पनि धोनीले अर्थशतक पूरे ऐतिहासिक जित हात पारेको छ ।

धोनीले आज ११४ बलमा ८७ रनको नटआउट पारी खेलेलेपनि भारतले अष्ट्रेलियामाथि ऐतिहासिक जित हात पारेको छ । भारतले श्रंखला २-१ ले टुंगाएको हो । यसअघि भएको अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिजमा पनि अष्ट्रेलियामा टेष्ट सिरिज जित्ने भारत पहिलो एशियाली टिम बनेको थियो ।