काठमाडौँ– माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौँ स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक शुरुवात गरेको छ । यस्तै बैँकले तनहुँस्थित भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकले कुलेश्वर शाखा कार्यालयको शुक्रबारबाट औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द« प्रसाद महतोले उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


नयाँ शाखाहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १९ पुगेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९३ वटा शाखाहरु र ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैँकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैँकको देशभर ११२ वटा एटीएमहरु संचालनमा रहेको छ ।