काठमाडौँ – डा. केसीविरुद्ध अनसन बसेका युवा अभियन्ता विजय थापाका सहयोगीलाई पुलिसले पक्राउ गरेको छ । थापाका सहयोगी जेनिस नेम्बाङलाई महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालबाट पक्राउ गरिएको हो ।


ADVERTISEMENT


इलाममा आठ दिनअघि आमरण अनशन शुरु गरेका थापाको स्वास्थ्य खराब बनेपछि आइसीयूमा राखेर उपचार गर्ने भनेर आज बिहान त्रिवी शिक्षण अस्पतालमा ल्याइएको थियो । तर डा. केसीलाई आइसीयूमा उपचार गरिरहँदा थापालाई इमरजेन्सीमा मात्रै राखिएको उनका सहयोगी पुष्प भण्डारीले बताए ।


ADVERTISEMENT

# # #


उनले थापालाई शिक्षण अस्पतालमा उपचारका लागि आनाकानी गरेको र पुलिसले पनि असहयोग गरेको जानकारी दिए । भण्डारीले पुलिसले थापालाई शिक्षण अस्पतालबाट हटाउन चाहेकोले पक्राउ गरिएको हुनसक्ने दाबी गरे ।

शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखेर अनसन बसेको छन् । उनको यो अनसनलाई डा केसीविरुद्धको अनसनका रुपमा हेरिएको छ ।