काठमाडौं । थाइल्याण्डमा जारी महिला टी ट्वान्टी स्म्यास क्रिकेटको उपाधिका लागि नेपालले घरेलु टोलीविरूद्ध शनिबार खेल्दैछ।


ADVERTISEMENT


हालसम्म अपराजित रहँदै फाइनल पुगेको नेपाली टोलीले अपरान्ह घरेलु टोली थाइल्याण्डको सामना गर्न लागेको हो। नेपाल र थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार अपरान्ह १२:१५ बजे सुरू हुनेछ।


ADVERTISEMENT

# # #


आज नेपालले थाइल्याण्डविरूद्ध मैदान उत्रदा उपाधि जित्ने लक्ष्यमा हुनेछ। लामो समयसम्म उपाधिबिहिन बन्दै आएको नेपाली महिला क्रिकेट टोलीलाई उपाधि हात पार्ने यो राम्रो अवसरसमेत हो।

यद्यपी थाइल्याण्डलाई घरेलु समर्थकको साथ भएको हुनाले कठिन चुनौती रहनेछ।

शुक्रबार नेपालले पहिलो सेमिफाइनलमा समूह बी को उपविजेता इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरमा हराउँदै उपाधि नजिक पुगेको हो।

यता, थाइल्याण्ड पनि अपराजित रहँदै फाइनलमा पुगेको हो। सेमिफाइनलमा थाइल्याण्डले बलियो टोली युएईलाई सहजै हराएर नेपालसँगको भेट पक्का गरेको हो।

समूह चरण अन्तर्गत नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो। दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराउँदा तेस्रो खेलमा युएईलाई ६ विकेटले पन्छाएको थियो। नेपालले समूहको अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले हराउँदै अपराजित यात्रा कायम राखेको थियो।

सेमिफाइनलमा इन्डोनेसियालाई ९२ रनले हराउँदा टी-२० अन्तर्राष्ट्रियमा नेपाली महिला टिमको सबैभन्दा ठूलो रन अन्तरको जितको कीर्तिमानसमेत बनाएको छ।

यस्तै नेपालले बनाएको १२० रनको योगफल टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला टिमले बनाएको सर्वाधिक योगफल हो।

यो सँगै नेपाल १२ वर्षपछि पहिलो पटक सिनीयर महिला टोली उपाधि नजिक पुगेको हो।

यसअघि नेपाली महिला टिमले यू-१९ स्तरमा तीन पटक उपाधि जित्दै ह्रयाट्रिक गरे पनि सिनियर स्तरमा सेमिफाइनलमा भन्दा अगाडि जान सकेको थिएन।

सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी उमन्स च्याम्पियनसिपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो। तर, सेमिफाइनलमा नेपाल थाइल्याडसँग पराजित भएको थियो।

यस्तै महिला टी-२० विश्वकप छनोटको एशिया क्षेत्रीय छनोटमा पनि नेपाल तेस्रो भएको थियो।

यो ट्वान्टी-२० स्म्यास प्रतियोगिता आईसीसीको आधिकारिक प्रतियोगिता होइन। फागुनमा थाइल्याण्डमै हुने आईसीसी ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरूप नेपालले यो प्रतियोगितामा सहभागिता जनाइरहेको हो।