काठमाडौँ– त्रिवी शिक्षण अस्पतालले डा. केसीविरुद्ध अनसन बसिरहेका युवा अभियन्ता विजय थापाको उपचार गर्न इन्कार गरेको छ ।


ADVERTISEMENT


इलाममा आठ दिनअघि आमरण अनशन शुरु गरेका थापाको स्वास्थ्य खराब बनेपछि आइसीयूमा राखेर उपचार गर्ने भनेर आजै काठमाडौँ ल्याइएको थियो । तर, डा गोविन्द केसीलाई आइसीयूमा भर्ना गर्दा शिक्षण अस्पतालले थापालाई इमर्जेन्सीमा राखेको थियो ।


ADVERTISEMENT

# # #


शिक्षण अस्पतालले थापालाई उपचार गर्नका लागि ठाउँ छैन भनेकाले आजैदेखि माइतीघरबाटै अनसन जारी राखेको थापाका सहयोगी पुष्प भण्डारीले हिमालय पोष्टलाई जानकारी दिए । आजै थापाका एक सहयोगी जेनिस नेम्बाङलाई महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालबाट पक्राउ गरेको थियो ।

शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखेर अनसन बसेको छन् । उनको यो अनसनलाई डा केसीविरुद्धको अनसनका रुपमा हेरिएको छ ।

डा केसी इलाममा अनसन थालेपछि थापाले पनि इलाम नै पुगेर अनसन सुरु गरेका थिए । डा केसीले चिकित्सा विधेयकलाई विषय बनाएर आमरण अनशन बसेको यो १६ औँ पटक हो भने विद्यार्थी थापाको दोस्रो पटक हो । थापा यसअघि पनि डा केसीविरुद्ध नै अनसन बसिसकेका छन् ।

सम्बन्धित समाचार : डा. केसीविरुद्ध अनसन बसेका थापालाई भेट्न जाँदा सञ्चारकर्मीमाथि दुर्व्यवहार

सम्बन्धित समाचार : शिक्षण अस्पतालमा विभेद : डा. केसीलाई आइसीयूमा उपचार गरिँदा थापालाई इमर्जेन्सीमात्रै

सम्बन्धित समाचार : डा. केसीविरुद्ध अनसन बसेका थापाका सहयोगी पक्राउ