काठमाडौं । संसारभर आफ्ना गीतबाट लाखौँ फ्यान कमाएकी हलिउड गायिका रिहानासँग जोडिएको अचम्मलाग्दो खबर बाहिरिएको छ । रिहानाले आफ्नो बाबुविरुद्ध मुद्दा दायर गरेकी छिन् । बाबुले उनको फाइदाका लागि आफ्नो नामको प्रयोग गरेको रिहानाको आरोप छ ।


ADVERTISEMENT


रिहानाका बाबु उनको बिजनेस पार्टनर पनि हुन् । रिहानाले भनेकी छिन्, ‘मेरा बाबुले फेन्टी इन्टरटेनमेन्टको बारेमा गलत जानकारी दिएर आफ्नो फाइदाका लागि गलत काम गरेका छन् ।’ उनले फेन्टीलाई सन् २०१२ बाट ट्रेडमार्क बनाएकी हुन् । रिहानाका अनुसार उनका बाबुले जानकारीविना नै १५ मिलियन डलरको १५ सो बुक गराउने कोसिस गरेका थिए ।


ADVERTISEMENT

# # #


उनले भनेकी छिन्, ‘मैले बुबालाई रोक्नका लागि खुब प्रयास गरेँ । तर, पनि उनले मेरो कुरामा कुनै ध्यान दिएनन् र फेन्टी इन्टरटेनमेन्टबाट पैसा कमाउन लगातार जारी राखे ।’ रिहाना र बाबुबीचको सम्बन्ध पहिलेदेखि नै खराब थियो । एकपटक त उनले बाबुलाई ‘झुटको गुच्छा’सम्म भनेकी थिइन् । हालै एक अन्तर्वार्तामा भने रिहानाले बाबुसँगको झगडा शान्त भइसकेको बताएकी थिइन् ।