काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध गरेको छ । कांग्रेसका कारण यसअघि १५ मिनेटका लागि स्थगित भएको बैठक फेरि पनि अवरुद्ध भएको हो ।


ADVERTISEMENT


कांग्रेसका पूर्वसभापतिद्वय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।


ADVERTISEMENT

# # #


बैठक सुरु हुनासाथ कांग्रेस उपसभापति विजय गच्छदारले करिब आधा घण्टा बोलेका थिए । उनले कांग्रेस नेताका नाममा खोलिएका अस्पताल खारेज गरेर प्रजातन्त्रको इतिहासमाथि प्रहार गरेको बताए । उनले यी दुई अस्पतालमाथि सरकारले आफ्नो निर्णय नसच्याएसम्म सदनको कुनैपनि कारबाही अगाडि बढ्न नसक्ने चेतावनी दिए ।

‘हाम्रा संस्थापक नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको स्मृतिमा खोल्ने निर्णय गरिएको दुई अस्पताल खारेज गर्ने निर्णय गरेर यो सरकारले गम्भीर गल्ती गरेको छ’, गच्छदारले भने, ‘यो निर्णय नसँच्चिएसम्म हामी बैठक अघि बढ्न दिँदैनौँ, सरकारले यी दुई अस्पताल अघि बढाउनुपर्छ ।’

नेता गच्छदारले आफ्नो भनाई राखेलगत्तै कांग्रेस सांसदहरु उभिएर संसद अवरुद्ध गरेका सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए । तर, फेरि पनि बैठकसुरु हुनासाथ कांग्रेस सांसद उठेर विरोध जनाएका कारण बैठक सञ्चालन हुन सकेन ।

विरोध भइरहँदा बैठक सञ्चालन गर्न नसकिने भन्दै अर्को बैठक भोलि दिउँसो ३ बजे बस्नेगरी सभामुख महराले स्थगित भएको घोषणा गरेका हुन् । आज संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धी पैतिवेदनलाई प्रस्तुत गरेर विधेयक पारित गर्ने कार्यक्रम गरेरहेको थियो ।