विराटनगर– प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले जलवायुु परिवर्तनको जोखिम न्यूनीकरणमा ठूला विकास निर्माणका कार्य गर्दा ध्यान पुर्याउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


वन तथा वातावरण मन्त्रालय र प्रदेश न १ को वन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रदेश स्तरीय कार्यक्रममा जलवायुु परिवर्तनको नयाँ नीतिबारे सल्लाह सुुझाव सङ्कलन कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उनले सो कुरा बताएका छन् ।


ADVERTISEMENT

# # #


सरकारले जलवायु परिवर्तनले मुलुकमा पारिरहेको असर न्यूनीकरण गर्न नयाँ नीति तर्जुमा गर्ने उद्देश्यले सुुझाव सङ्कलन गरिएको छ । मन्त्री कुिसयतले जलवायु परिवर्तनले नदीनाला सुकेर मौसममा आएको परिवर्तनले खाद्यान्न लगायतका अन्य उत्पादनमा असर पारेकाले यसलाई ध्यान दिएर नयाँ नीतिनिर्माण गर्नुपर्नेमा जोड दिए।

प्राकृतिक स्रोत पूर्वाधार समितिका सदस्य एवम् सङ्घीय सांसद घनश्याम खतिवडाले तीन तहको सरकारले जलवायुु परिवर्तनको असर रोक्नेगरी साझा मुुद्दा बनाउनुपर्ने बताए । प्रदेश मन्त्रालयका सचिव बद्रीराज ढुुङ्गाना र वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायुु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा महेश्वर ढकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुसार सरकारले जलवायु परिवर्तनको जोखिम कम गर्ने गरी नयाँ नीति ल्याउन लागेको जानकारी दिए ।

कार्यक्रममा प्रदेश न १ का स्थानीय निकायका जनप्रतिनिधि, प्रदेश र सङ्घीय मन्त्रालयका प्रतिनिधि, डिभिजन तथा प्रदेश वन कार्यालयका प्रमुुख तथा वनस्पति विज्ञहरुले सुुझाव दिएका थिए । सात वटै प्रदेशबाट सुझाव सङ्कलन गरी जलवायु परिवर्तनसम्बन्धी नयाँ नीति ल्याउने सो अवसरमा बताइएको थियो ।