काठमाडौं – डा. गोबिन्द केसीको जीवन रक्षाका लागि आवाज उठाए पनि संगै अनसनमा रहेका बिजय थापाका बारेमा भने मानवअधिकारकर्मीहरु मौन देखिँदा मानवतामा समेत बिभेद देखिएको भन्दै आलोचना भएको छ ।


ADVERTISEMENT


एजेन्डा र माग जेसुकै भए पनि एकैठाउँमा अनसन बस्ने दुई अनसनकारीहरु मध्ये एकजनाको जीवन रक्षाको माग गरिरहँदा अर्को अनसनकारीको जीवन नदेख्ने मानवअधिकारबादीहरुको व्यवहारले आश्चर्यमा पारेको भन्दै सामाजिक सञ्जालहरुमा प्रतिक्रिया छरपष्ट भएका छन् ।


ADVERTISEMENT

# # #


मानवताको चेतनाबाट सबैको जीवनलाई समान देख्दै मानवअधिकारकर्मीहरुले सबै मानव जीवनको पक्षमा समान आवाज उठाउनु पर्नेमा दोषी चस्मा लगाएर हेरिएको भन्दै प्रश्न उठाईएको छ ।