काठमाडौँ– नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले सरकारले पारित गर्न लागेको चिकित्सा शिक्षा विधेयकका विरुद्धमा सशक्त आन्दोलन गरेको छ । संगठनले बुधबार काठमाडौँको माइतीघर मण्डला लयायतका ठाउँहरुमा ब्यानरसहित विरोध र्याली निकालेको हो ।


ADVERTISEMENT


नेविसंघले डा. केसीको पक्षमा र निर्मला पन्तको बलात्कारको विरोधमा वृहत्त प्रदर्शन गरेको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए । ‘कम्युनिस्ट सरकारलाई नेविसंघका १६ प्रश्न’ उल्लेख गरेर नेविसंघले देशभर सशक्त आन्दोलन गरेको छ ।


ADVERTISEMENT

# # #


पहिलो चरणमा आज १ बजे काठमाडौँको माइतीघर मण्डलामा ५ हजार विद्यार्थीको सहभागितामा बृहत्त विरोध प्रर्दशन गरिएको अध्यक्ष महरले बताए । योसंगै देशभरका ७७ वटै जिल्लाहरुमा आन्दोलनको आँधिबेरी ल्याउने अध्यक्ष महरले जानकारी दिए।

सरकारलाई नेविसंघले निम्न १६ प्रश्न सोधेको छ ।

– नेपाली कांग्रेसको सरकारले र डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने गरी ल्याएको चिकित्सा शिक्षा विधेयक किन फेरियो ?

– निर्मलाका हत्यारालाई सरकारको संरक्षण किन ?

– ३३ किलो सुन काण्डका अपराधी कता लुकायौ

– वाइडबडी घोटालाका दोषीको संरक्षण किन ?

– पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद र शुसिल कोइरालाको नाममा स्थापना हुन लागेका स्वास्थ्य संस्थालाई किन खारेज गर्न जोजिदै छ ?

– दैनिक उपभोग्य बस्तुमा ३००५ भन्दा बढी मूल्य बृद्धि किन ?

– चिनिमा भएको अर्बौ भ्रष्टाचारको छानविन कैले हुन्छ ?

– कांग्रेस सरकारको पालामा ल्याएको सामाजिक सुरक्षा कार्यक्रम कटौती किन ?

– राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना विदेशीलाई किन ?

– यातायातको सिन्डिकेट नहटाउन कति कम्ल्यायौं ?

– प्राज्ञिक थलो विश्वविद्यालयमाथि सरकारी हस्तक्षेप किन ?

– नेविसंघको आन्दोलनबाट प्राप्त उपलब्धि विद्यार्थीको सर्टिफिकेट धितो राखेर विना ब्याज ऋणको ब्यवस्था किन लागु भएन ?

– शिक्षामा २०५ बजेटको ब्यवस्था किन भएन ?

– माध्यामिक शिक्षा निशुल्कको संवैधानिक ब्यवस्था कहिले लागु हुन्छ ?

–विद्यार्थीका लागि निशुल्क स्वास्थ्य बिमा किन कार्यान्वयन भएन ?

– स्ववियु निर्वाचनको कार्यतालिका किन प्रकाशित हुँदैन ?