डडेल्धुरा– परशुराम नगरपालिका  शलेतामा नगर स्तरिय हाजिरी जवाफ प्रतियोगीता हुने भएको छ ।


ADVERTISEMENT


मिनबहादुर मेमोरियल फाउन्डेशनले हरेक वर्ष झैँ माघ १४ गते मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको हो । परशुराम नगरस्तरका माविको भाग लिन पाउने उक्त प्रतियोगीतामा प्रथम हुने विद्यालयलाई ११ हजार पुरस्कार राशी तोकिएको छ । यसैगरी द्वितीयलाई पाँच हजार पाँच सय र तृतीयलाई तीन हजार तीन सय पुरस्कार रहेको फाउण्डेशनका अध्यक्ष जयराज घिमिरेले जनाएका छन् । प्रतियोगीता बैजानाथ मावि शलेतामा सञ्चालन गरिने छ ।


ADVERTISEMENT

# # #


रशुराम नगरपालिका पुन्तुरा घर भइ रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका मिनबहादुर थापाको स्मृतिमा स्थापित फाउण्डेशनले हरेक बिभिन्न कार्यक्रम गर्दै आएको छ । थापाकै वार्षिक पुण्यतिथी पारेर हाजिरी जवाफ प्रतियोगीता हुन लागेको हो । यस बाहेक परशुराम क्षेत्रका गरिव तथा जेहेन्दार दुई जना विद्यार्थीलाई छात्रवृति वितरण गरिने फाउण्डेशन अध्यक्ष घिमिरेले जनाए ।

२०७३ सालमा स्थापित फाउण्डेशन शैक्षिक तथा खेलकुद गतिबिधीको विकासमा सक्रिय रहेको संरक्षक वीरेन्द्र थापाले बताए ।