काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला प्रहरी कार्यालय सुनसरीलाइ सचेतनात्मक सुचनाहरु सहितका रोड ब्यारीकेडहरु र प्रहरी चेकिङ्गबोर्ड हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


सुनसरी जिल्लाको सुरक्षामा सहयोग स्वरुप एनआईसी एशिया बैंक लिमिटेडबाट १४ थानरोड ब्यारीकेडहरु, १४ थान प्रहरी चेकिङ्गबोर्ड हस्तान्तरण गरिएको हो ।


ADVERTISEMENT

# # #


एनआईसी एशिया बैंकका उपप्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सो हस्तान्तरण गरेका हुन् ।

बैंकले मुलुकभर फैलिएको आफ्नो २ सय ७५ शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको छ । भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने बैँकले प्रतिबद्धता जनाएको छ । यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकासका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन गर्ने बैंकले विश्वास लिएको छ ।

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ७५ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३९ एक्स्टेन्सन काउण्टर एवम् २३ शाखा रहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैँकले दाबी गरेको छ ।

बैंकको वासलातको आकार २ सय १६ अर्ब भन्दा बढि छ । कुल निक्षेप करिब १ सय ७५ अर्ब छ । कुल कर्जा करिब १ सय ४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको बैँकले जनाएको छ ।

करिब १४ लाख ५० हजार ग्राहक सहित संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको बताईएको छ ।