काठमाडौं । डा. गोबिन्द केसीको १६ औं अनसन बिरुद्ध आलोचना र आक्रोस चुलिएको छ । केसीको अनसनको अवशान रुप भन्दै सामाजिक सञ्चालहरुमा प्रतिक्रियाहरुको बाढी नै चलेको छ ।


ADVERTISEMENT


ज्योतिषशास्त्री डा. रुद्रनाथ अधिकारीले समेत डा. केसीको अनसनले दुर्गन्ध फैलाएको भन्दै उनका पक्षधरहरुलाई किरा पर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


यस्तो छ ज्योतिषशास्त्री डा. रुद्रनाथ अधिकारीले सार्वजनिक गरेको अभिब्यक्ति –

अब गोबिन्द केसीलाई बोकेर हिड्नेहरुको काधमा किरा पर्नेभो र दुर्गन्ध कति टाडा सम्म फैलिने हो त्यो चाहिँ सडकमा ओर्लिएपछी मात्र थाहा हुनेछ। अरु पनि राजनीतिक मुद्दाहरु धेरै थिए, निश्कलंक पात्रहरु पनि धेरै नै थिए यो देशमा । सडक र सदन तताउन देशको उच्चस्तरीय सेवा सुविधा र तलब भत्ता खाएर काम, कर्तव्य छोडेर अस्पतालको बेडमा उत्तानो पर्दै प्रत्येक सरकार र शासकलाई गाली, गलोज गरि सरकार, संबिधान, र संबैधानिक सर्बोच्चतालाई चुनौती दिने, काम, कर्म र कर्तव्यको ख्यलै नगर्ने गोबिन्द केसी नै किन छनौटमा परे सोच्नै पर्ने बिषय हो र थियो । भनिएको पनि छ ‘अति सर्वत्र वर्जयतू’ । सायद अब अतिको अन्त नजिकै हो कि ? आभास हुँदै छ। बोक्ने र बोकाउनेको दुवैले पछुतो मान्नै पर्ने छ।