नारायणपुर– दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बराहक्षेत्र मावि सेवार वनगाउँमा प्राविधिक शिक्षाका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा रु एक करोड ५७ लाखभन्दा बढी दान सङ्कलन भएको छ ।


ADVERTISEMENT


‘श्रीमद्भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को आठौँ दिनसम्म रु एक करोड ५७ लाख ३३८ दान सङ्कलन भएको महायज्ञका निर्देशक प्राडा अर्जुन बुढाथोकीले जानकारी दिए । महायज्ञको आठौँ दिन मात्रै रु ४२ लाख ४५८ दान सङ्कलन भएको छ । घोराही उपमहानगरपालिका–१३ बस्ने खिमबहादुर डिसीले रु छ लाख दान गरेका छन् । यस्तै दानपेटिकाबाट बिहीबारसम्म रु ५८ हजार ४७५ सङ्कलन भएको छ ।


ADVERTISEMENT

# # #


एक करोड दीप प्रज्वलन

महायज्ञमा एक करोड दीप प्रज्वलन गरिएको छ । महायज्ञको आठौँ दिन बिहीबार एक करोड दीप प्रज्वलन गरिएको थियो । देशमा शान्तिको कामना गर्दै पितृहरूको सम्झनामा दीप प्रज्वलन गरिएको आयोजक मूल समितिका संयोजक विमला योगीले जानकारी दिए । दीप प्रज्वलनका लागि भक्तजनको बाक्लो उपस्थिति रहेको थियो ।

१००८ कन्या पूजन गरिने

महायज्ञको अन्तिम दिन शुक्रबार १००८ कन्याको पूजा गरिने आयोजकले जानकारी दिएको छ । आयोजक मूल समितिका सहसंयोजक कुलबहादुर घर्तीले सम्पूर्ण अभिभावकलाई आफ्ना कन्यालाई पूजन कार्यक्रममा सहभागी गराइदिन अनुरोध गरेका छन् ।