उनले नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई लामो समयदेखि मनाउँदै आएका र साथ दिँदै आइरहेका नेपाली जनमानसप्रति हार्दिक आभार प्रकट गरेका छन्। राजदूत पूरीले दुई राष्ट्रबीच रहेको ऐतिहासिक सम्बन्धलाई बढ्दो साझेदारीको ठोस आधार भएको उल्लेख गर्दै गत वर्ष दुई सरकारबीच निकै सफल तीन उच्चस्तरीय भ्रमणहरु भएको स्मरण गरेका छन्।


ADVERTISEMENT


ती भ्रमणका क्रममा भू–आधारित जलमार्ग, कृषि र रेल सञ्जाल जस्ता क्षेत्रमा नव साझेदारीसहित अन्य विविध क्षेत्रहरुमा थप सहकार्यका लागि मार्ग प्रशस्त हुनुलाई उनले भ्रमणको नतिजाका रुपमा लिएका छन्। राजदूत पूरीले नेपाल सरकारको ‘समृद्ध नेपाली सुखी नेपाली’ को लक्ष्यलाई पूरा गर्नका लागि साझेदारी अझ अगाडि बढाउने विश्वास पनि ब्यक्त गरेका छन्। गणतन्त्र दिवससंगै नेपाल–भारत सहकार्यको गाँठो पनि सात दशकको पुगेको छ।


ADVERTISEMENT

# # #


छिमेकी सम्बन्ध 

भारतले गणतन्त्र दिवसका अवसरमा छिमेकी मुलुकहरुसंग पनि उत्तिकै समभाव राखेको हुन्छ। त्यसमा नेपाल अग्रणि स्थानमा रहेको पाइन्छ।धार्मिक, सांस्कृतिक र सामाजिक परिवेश नेपालसंग मिल्ने भएकाले पनि नेपाल भारत सम्बन्ध अजब छ। रोटीबेटीको सम्बन्ध नेपाल भारतबीच रहँदै आएको छ। नेपाल र भारतबीच विभिन्न परियोजनामा एकीकृत योजना पनि बनिरहेका छन्। सहकार्य र हातेमालोबीच केही परियोजनाहरु यस्ता छन्-

१. अरुण तेस्रो परियोजना

पछिल्लो समय अरुण तेस्रो परियोजना महत्वपूर्ण योजनाका रुपमा अगाडि बढिरहेको छ। नेपाल र भारतका प्रधानमन्त्रीहरुबाट यो परियोजनाको गत बैशाखमा शिलान्यास गरिएको थियो। यो ९०० मेघावाट क्षमताको हो।

२. रेल सञ्जाल

गत चैतमा दुई देशका प्रधानमन्त्रीहरुबीच भएको सहमतिमा भू–आधारित जलमार्ग एवं काठमाडौं–रक्सौल रेलमार्ग मार्फत नेपाल र भारतलाई नयाँ ढंगले जोड्ने भन्ने रहेको छ।

३. हुलाकी राजमार्ग

भारत सरकारको ८ अर्ब रुपैयाँको अनुदानमा हुलाकी राजमार्ग परियोजना अन्तर्गत ३०० किलोमिटर लामो तराई सडक निर्माणाधीन रहेको छ।

त्यस्तै अन्य साझेदारीमा पुस्तकालय भवन, एकीकृत जाँच चौकी, विद्युत प्रसारण लाइन, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, पुनःनिर्माण, ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध, रक्षा सहकार्य, व्यापार र उद्यमशीलताको प्रवद्र्धन, स्वास्थ्य सेवामा सहकार्य, शैक्षिक आदानप्रदानसंगै शैक्षिक संस्था निर्माण, अस्पताल निर्माण, सडक तथा पुल निर्माया, साना विकास परियोजना लगायत रहेका छन्।

त्यसैगरी शैक्षिक आदानप्रदान दुवै देशबीच सुमधुर तरिकाले भइरहेको आँकडाले देखाउँछ। भारतमा अध्ययन गर्नका लागि नेपालीहरुका लागि तीन हजार छात्रवृत्ति रहेको छ भने नेपालमा अध्ययन गर्नका लागि दुई हजारभन्दा बढी छात्रवृत्ति रहेको छ।

त्यस्तै भारतीय प्राविधिक एवं आर्थिक सहकार्य अन्तर्गत १८२ जना नेपालका सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारीहरुलाई व्यवसायिक प्रशिक्षणसमेत दिइएको छ। भारतले सन् १९९४ देखि अहिलेसम्म ७७ जिल्लाका लागि ६९२ वटा एम्बुलेन्स दिइसकेको छ।

भारतमा यसपटक दिने सम्मान

भारतले गणतन्त्र दिवसमा आफ्नो राष्ट्रमा योगदान दिने विशिष्ट ब्यक्तिहरुलाई सम्मान गर्दै आइरहेको छ। यसपटक पूर्व राष्ट्रपति प्रणब मुखर्जी, राष्ट्रिय स्वयंसेवक संघका विचारक नानाजी देशमुख र गायक भूपेन हजारिकालाई भारत रत्न दिने निर्णय गरेको छ। देशमुख र हजारिकालाई मरणोपरान्त यो सम्मान मिल्ने भएको हो।

२० वर्षपछि दुई वढी हस्तिहरु सर्वोच्च नागरिक सम्मानका लागि चुनिएको बताइएको छ। यसअघि यो सम्मानबाट केबल ४५ जनामात्र सम्मानित भएका थिए। यो सर्वोच्च सम्मानबाट पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयी, मदन मोहन मालवीय लगायत सम्मानित भएका थिए। त्यस्तै एक सय १२ जना पद्म पुरस्कारबाट सम्मानित हुँदैछन्। ४९ हजार ९ सय ९२ जनाको नाम पठाएकामा एक सय १२ जनामात्र समितिले छानेको हो। सन् २०१८ सम्म ४५०२ जनाले पद्म पुरस्कार पाइसकेका छन्।