काठमाडौं । छिमेकी देश भारतले शनिबार आफ्नो ७० औं गणतन्त्र दिवस मनाउँदैछ ।


ADVERTISEMENT


हरेक वर्ष २६ जनवरीका दिनलाई भारतले गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ । ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूताबास भएका देशमा समेत यो दिवस मनाउने गरेको छ सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो ।


ADVERTISEMENT

# # #


गणतन्त्र दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । भारतले नेपालमा विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।