काठमाडौं । कतार–कतारमा रहेका सुदूरपश्चिमेली कांग्रेस समर्थकहरुले जनसम्पर्क समिति गठन गरेका छन् । जनसम्पर्क समितिको बिधान अनुसार भोजबहादुर साउद (भुवन) को संयोजकत्वमा समिति गठन गरिएको हो ।


ADVERTISEMENT


सुदूरपश्चिममा स्थायी घर भइ कतारमा रहेका नेपालीहरुको हिजो सम्पन्न भेलाले जनसम्पर्क समिति गठन गरेको हो ।


ADVERTISEMENT

# # #


समितिको सदस्यमा अनुप जोरा, शेरबहादुर बुढा, नेत्र मल्ल, मोहन रावत, गोरख चन्द, केशव रोकाया, पदम तिमिल्सिना, इन्द्रबहादुर ओली, रमेश बि।क, प्रेम चलाउने जगदीश जोशी र दीर्घ कडायत रहेका छन् ।

प्रदेश सातबाट कतार आएका कांग्रेसीहरु यसरी संगठित भएको पहिलो पटक हो । संयोजक साउदले नेपाली कांग्रेसको सांगठनिक हितका साथै आपसी समन्वयन र सहयोगका लागि पनि जनसम्पर्क समिति क्रियासिल रहने बताए । “कांग्रेसप्रति आस्था राख्ने सबै साथीहरुलाई संगठित गर्दै अगाडि बढ्छौं” अध्यक्ष साउदले भने ।

नेपाली कांग्रेस कतार सम्पर्क समितिसंगको समन्वयमा भावी गतिबिधी संचालन गर्ने योजना छ ।