काठमाडौँ– चिलीलाई हराउँदै विश्व च्याम्पियन जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ ।


ADVERTISEMENT


आइतबार राति भएको खेलमा जर्मनीले कोपा अमेरिका च्याम्पियन चिलीलाई १-० गोल अन्तरले हराएको हो । उसको जितमा लर्स स्टेन्डलले गरेको गोल नै निर्णायक बन्यो ।


ADVERTISEMENT

# # #


युवा खेलाडीले भरिएको जर्मनीले चिलीका डिफेन्डर मार्सेलो डियाजले २० मिनेटमा गरेको गल्तीको फाइदा उठाएको थियो। डियाज आफ्नो डिबक्स बाहिर बल क्लियर गर्न नसक्दा टिमो वेर्नरले खोसेर लगेको बलमा स्टेन्डलले गोल गरेका थिए।

यसअघि आर्टुरो भिडाल र एन्जेलो सागलले गोलको अवसर खेर फ्याकेका थिए। जर्मनीको पछिल्लो तीन वर्षमा यो तेस्रो ठूलो उपाधि हो। २०१४ को विश्व कप जितपछि जर्मनीले युरोपेली युथ–२१ च्याम्पियनसिपको पनि उपाधि जितेको थियो।