काठमाडौँ– एनआईसी एशिया बैँक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको वित्तीय सहयोगमा काठमाण्डौ जिल्ला, शंखरापुर नगरपालिका वडा नं. ६ साँखुमा अवस्थित श्री भाग्योदय मा.विÞ लाई केहि थान कम्प्युटर हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


प्रतिनिधीसभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति शशी श्रेष्ठ, नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ र बैंकका प्रमुख जन सम्र्पक अधिकृत अर्जुन राज खनियाँले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मधु के सी र प्रधानाध्यापक रुसण बसीलाई सयुक्त रुपमा उक्त कम्प्यूटरहरु हस्तान्तरण ग्रेका हुन् ।


ADVERTISEMENT

# # #


विद्यालय लक्षित यस्ता संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमले विद्यार्थीहरुको पठनपाठन तथा कम्प्युटर शिक्षामा सहयोग पु¥याउने हुनाले उक्तकार्यको शशी श्रेष्ठले प्रशंसा गरिन् । सो कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले नेपालकै सर्वोत्कृष्ठ उदारणीय बैंकिङ्ग गरिरहेको एनआईसी एशिया बैंकले गरेको यस्ता सामाजिक उत्तरदायित्वको खुलेर प्रशांसा गरे ।

बैँकले मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं् २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।