बुटवल। तीव्र गतिमा हुइँकिने टिप्परका कारण सडक दुर्घटना बृद्धि भएपछि पाल्पा जिल्लाभर टाईम कार्ड लागू भएको छ । पाल्पामा केही महिनाअघि लागू भएको उक्त नियम बुटवल र आसपासका क्षेत्रमा पनि लागू गरेको छ । ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले आजदेखि पाल्पा सिद्धबाबादेखि भैरहवा, कपिलवस्तुको गोरूसिंगेदेखि बर्दघाटसम्म चल्ने टिप्परलाई समय निर्धारण गरेको हो ।


ADVERTISEMENT


प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बजार क्षेत्र र हाइवेमा टिप्परको गति तीब्र भएपछि त्यसको नियन्त्रणका लागि अभियान थालिएको बताए । उनले अब निर्धारण गरिएको समयभन्दा चाँडो पुग्नेलाई सवारी नियमन उल्लंघन ऐन अनुसार कारवाही बताए ।


ADVERTISEMENT

# # #


टिप्पर चालकहरु अधिक भत्ताको लोभमा परेर तीव्र गतिमा गाडि कुदाउने गरेको देखिएको प्रहरीको बुझाई छ । जसका कारण दुर्घटनामा समेत बृद्धि भएका छन् ।

यो सडकमा दैनिक ३ सयभन्दा धेरै टिप्परहरु चल्ने गरेका छन् । पाल्पामा रहेका ८ वटा खानीबाट रुपन्देही र नवलपारीमा रहेका सिमेन्ट उद्योगहरुको लागि कच्चा पदार्थ बोक्नको लागि टिप्पर प्रयोग गरिएको छ ।