बुटवल–आफ्ना नेताहरुको नाममा रहेका अस्पतालबारे सरकारको निर्णयविरुद्ध संघीय संसद्मा दबाब दिइरहेको नेपाली कांग्रेसले प्रदेशमा पनि सोही प्रकृतिको दबाब अभियान थाल्ने तयारी गरेको छ।


ADVERTISEMENT


प्रदेश ५ प्रदेश सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् वसिउद्दिन खाँले पूर्वप्रधानमन्त्री तथा पार्टी सभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको अपमान गर्ने प्रयास भएको बताए।


ADVERTISEMENT

# # #


‘सरकारले या त ती निर्णयहरु फिर्ता लिनुपर्छ, उनले भने–होइन भने हामी प्रदेशमा पनि आन्दोलन थाल्नुपर्ने हुन्छ, हामी सदनबाटै आन्दोलन गर्न बाध्य हुनेछौं।’

शुशील कोइराला क्यान्सर अस्पताल र जिपी कोइराला श्वासप्रश्वास केन्द्रबारे सरकारले गरेको निर्णय नसच्याए प्रदेशसभा बैठक अवरुद्ध गर्ने उनले चेतावनी दिए।
खाँले गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नेपाली कांग्रेसका मात्र नभएर देशकै नेता भएको भन्दै उनिहरुका नाउमा सञ्चालीत अस्पतालहरु बन्द गर्ने सरकारको निर्णय सच्याउन माग गरे।

उनले प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा सञ्चालित अस्पताल बन्द गर्ने निर्णय तत्काल नसच्याए कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेर सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

आफ्ना समस्या राखेकै भरमा प्रदेशसभा सचिवालयले मर्यादापालकलाई कार्वाही गरेको घटनाप्रति आपत्ति जनाउदै सांसद खाँले त्यसबारे सदनलाई जानकारी गराउन माग गरे ।

यस्तै विशेष समय लिएर बोल्दै बर्दियाका सांसद दीपेश थारुले सदनमा आफुहरुले उठाएका माग र समस्याहरुको सम्बोधनमा प्रदेश सरकार गम्भीर नदेखिएको बताए। थारुले सांसदहरुले संसदमा पटक÷पटक आवाज उठाएपनि समस्या समाधान नभएको गुनासो गरे।

कर्णाली नदीमा पुल बनेर पनि हुलाकी राजमार्गमा पर्ने वन क्षेत्रका रुखहरु हटाउने काम नहुँदा पुल उपयोगविहिन बनेको र सो सम्बन्धमा आफुले पटक÷पटक संसदमा आवाज उठाए पनि सम्बोधन नभएको गुनासो गरे।

आइतबार बसेको प्रदेशसभाको बैठकले प्रदेश भवन निर्माण कार्यलाई व्यवस्थित एवं नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेशसभाको भौतिक पुर्वाधार तथा विकास समितिमा पठाउने निर्णय गरेको छ। प्रदेशसभाको अर्को बैठक यही माघ १८ गते बस्ने छ।