काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेटमा पाकिस्तान ८ विकेटले विजयी भएको छ ।


ADVERTISEMENT


आजको जितसँगै पाकिस्तानले पाँच एक दिवसीय क्रिकेट श्रृंखला २–२ को बराबरीमा ल्याएको छ । अब अन्तिम खेलकाे नतिजाले उपाधिको छिनोफानो गर्ने छ ।


ADVERTISEMENT

# # #


दक्षिण अफ्रिकाले दिएको १६५ रनको लक्ष्य पाकिस्तानले ३१.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । पाकिस्तानको जितमा इमामुल हकले ७४ तथा फखर जमानले ४४ रन बनाउँदा बाबर आजम ४१ रनमा नट आउट रहे ।

पहिले ब्याटिङ गरेको अफ्रिका ४१ ओभरमा १६४ रन बनाउँदै अल आउट भएको थियो । उसका लागि हाशिम अमलाले ५९ रन बनाउँदा फाप डु प्लेसिले ५७ रन बनाएका थिए ।

पाकिस्तानका उस्मान सिनवारीले ७ ओभर बलिङ गर्दै ३५ रन खर्चिएर ४ विकेट लिए । सहिन साह अफ्रिदी र सहाव खानले दुई दुई विकेट लिएका थिए । पाँचौं एक दिवसीय क्रिकेट ३० तारिखमा हुने छ ।