काठमाडौं – नेपालका कप्तान पारस खड्काले विकेट लिएका छन् । आफ्नो छैटौं ओभरको दोस्रो बलमा पारसले मुहम्मद उस्मानलाई पवेलियनको बाटो देखाएका हुन् । ५.६ ओभरमा २–२ को अवस्थामा रहेको युएई अहिले २१ ओभर सकिँदा ४८–४ को आवस्थामा छ । शाइमन अनवार र सिपि रिजवान क्रिजमा छन् ।


ADVERTISEMENT


यसअघि सन्दीप, सोमपाल कामी र करण केसीले १–१ विकेट लिएका थिए । सन्दीपले आफ्नो दोस्रो ओभरको चौथो बलमा गुलाम सब्बरलाई पवेलियनको बाटो देखाएका हुन् ।


ADVERTISEMENT

# # #


सोमपालले तेस्रो ओभरम यूएईका ओपनर अशफाक अहमदलाई विकेटकिपर विनोद भन्डारी मार्फत क्याच गराएका थिए । छैटौं ओभरमा करणले चिराग सुरीलाई आउट गरेका थिए । करणले चिरागलाई विकेट किपर विनोदमार्फत नै क्याच गरेका हुन् ।

दुबई स्थित आइसीसी एकेडेमी ओभलमा नेपालका कप्तान पारस खड्काले टस जितेर फिल्डिङ रोजेका थिए ।