काठमाडौँ– युनाइटेड अरब इमिरेट्स् (युएई)ले एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाललाई जितका लागि २५५ रनको चु्नौति पशे गरेको छ । युएइले सुरुवात सुस्त गरेपनि विस्तारै लय समात्दा २५४ रनको विशाल योगफल तयार गर्न सफल भएको हो ।


ADVERTISEMENT


दुबईस्थित आइसीसी ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनायो । उसका लागि सैमन अनवारले ८७ रन बनाए । यस्तै सातौ नम्बरमा आएका मोहम्मद बूटाले पनि आक्रामक इनिङ खेले । मोहम्मद बुटा ५९ रनमा अविजित रहे।


ADVERTISEMENT

# # #


एक समय खातामा शून्य रन हुँदा २ विकेट गुमाएको युएईले ५० रन नपुग्दै चार विकेट गुमाइसकेको थियो। त्यसपछि सिपी रिजवानसँग मिलेर साइमनले युएईको स्कोर २ सय रन कटाएका थिए।

नेपालका लागि करण केसी र पारस खड्काले समान २२ विकेट लिए । सोमपाल कामी र सन्दस्प लामिछानेले समान १/१ विकेट लिए ।

सुरुवातमा कसिलो बलिङ गरेपनि नेपालले अन्तिममा खराब खेल्यो । सुरुवाती पावर प्लेको १० ओभरमा नेपालले १४ रनमात्र दिएर २ विकेट लिएको थियो । तर, अन्तिम १० ओभरमा १ विकेट लिँदा १२० रन खर्चिन पुग्यो । कुनैबेला ३४ ओभरमा ४ विकेटको क्षतीमा १०० पूरा गरेको युएईले बाँकी १६ ओभरमा २ विकेट गुमाएर १५४ रनको विशाल योगफल जोड्न सफल भयो ।

अन्तिम १८ बलमा मात्रै यएईले ५५ रनको आक्रमक पारी खेल्यो । ४८ औँ ओभर लिएर आएका करण केसीले उक्त ओभरमा १३ रन खर्चिए । यस्तै ४९ औँ ओभरमा कप्तान पारस खड्काले १९ खर्चिएर १ विकेट लिए र इनिङको अन्तिम ओभरमा सोमपाल कामी निकै महंगो साबित भए । उनले त्यस ओभरमा २३ रन दिए ।

गत वर्ष एक दिवसीय अन्तर्राष्टिय मान्यता पाएपछिको दोस्रो एक दिवसीय शृङ्खला खेलिरहेको नेपालका लागि पहिलो पटक एक दिवसीय शृङ्खला जित्ने ऐतिहासिक अवसर छ ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्दैछ ।