काठमाडौं – सरकारले २८ सय ७ जना सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माओवादी सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


सशस्त्र प्रहरी बलको १८ औँ स्थापना दिवसको अवसरमा आज बलको मुख्यालय हलचोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले १ हजार १८ जना सेना, १ हजार ४ सय ४८ जना नेपाल प्रहरी, ३ सय १८ जना सशस्त्र प्रहरी र २३ जना राष्ट्रिय अनुसन्धान विभागका गरी २ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरिएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा प्रम ओलीले यसबाट उनीहरुको योगदानको सम्मान भएको बताए । अहिले आएर युद्धको घाउ कोट्याएर अशान्ति र हिंसा भड्काउन खोजिएको भन्दै उनले अहिले घाउमा मलम लगाउने बला भएकोमा जोड दिए ।

शहीद घोषणा गरिएकाहरु मध्ये सबैभन्दा धेरै नेपाल प्रहरीबाट एक हजार ४४८ जना, नेपाली सेनाका एक हजार १८, सशस्त्र प्रहरीका ३१८ जना र राष्ट्रिय अनुसन्धानका २३ जना रहेका छन् ।

देशका लागि कर्तव्यपालनका क्रममा ज्यान दिनेहरुप्रति असमान व्यवहार भएको गुनासो आएकोले त्यसको सम्बोधनका लागि सुरक्षाकर्मीहरुलाई शहीद घोषणा गरेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे