काठमाडौँ, फागुन १२। सरकारले स्थानीय तहको चुनाव बैशाख ३१ मा हुने घोषणा गरेपछि कक्षा ११ र १२ को बार्षिक परीक्षा प्रभावित हुने देखिएको छ ।


ADVERTISEMENT


निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ र बैशाख २५ देखि ३१ गतेसम्म सबै विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT

# # #


विद्यालयहरुलाई मतदान केन्द्रको रुपमा प्रयोग गर्न र निर्वाचन तयारीमा सहयोग पुर्‍याउन आयोगले त्यस्तो निर्णय लिएको हो ।

यससँगै कक्षा ११ को परीक्षा पूर्ण रुपमा प्रभावित हुने निश्चित भइसकेको राष्ट्रिय परिक्षा बोर्डका कार्यकारी प्रमुख डिल्ली रिमालले बताए ।

उनले भने, ‘कक्षा ११ को परीक्षा बैशाख २४ देखि जेठ ३ गतेसम्म थियो, अब यही बिचमा स्कुल तथा क्याम्पसहरु बन्द हुने भएपछि परिक्षा संचालन गर्न सकिँदैन ।’

निर्वाचन आयोगसँग परामर्श गरेर कक्षा १२ र ११ को नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको छ । कार्यकारी प्रमुख रिमालले भने, ‘निर्वाचन तालिकाले कक्षा १२ को परीक्षा पनि प्रभावित हुनसक्ने भएकाले आयोगसँग छलफल गरिरहेका छौं । छिट्टै नयाँ तालिका सार्वजनिक गर्छौं’