काठमाडौं – भारतका पूर्वरक्षामन्त्री जर्ज फर्नान्डिसको निधन भएको छ । स्वाइन फ्लूको उपचार गराई रहेका फर्नान्डिसको मंगलबार विहान सात बजे ८८ वर्षको उमेरमा नयाँदिल्लीस्थित एक अस्पतालमा निधन भएको हो ।


ADVERTISEMENT


उनी लामो समयदेखि अल्जाइमर रोगबाट पनि पीडित थिए ।


ADVERTISEMENT

# # #


भारतीय नेता अटल विहारी बाजपेयीको अगुवाईमा राष्ट्रिय जनतान्त्रिक गठबन्धको सरकार बनेको बेलामा जर्ज फर्नान्डिस रक्षामन्त्री बनेका थिए । उनी भारतको समता पार्टीका संस्थापकसमेत हुन् ।

३ जुन १९३० मा जन्मेका फर्नान्डिस नौ पटकसम्म लोकसभाको सांसद रहेका थिए । उनी छ भाइबहिनीमध्यको जेठो थिए । फर्नान्डिस हिन्दी, अंग्रेजी, तमिल, मराठी, कन्नड, उर्दुलगायत १० भाषाका दख्खल राख्थे ।