कपिलवस्तु – यहाँको कपिलबस्तु नगरपालिका र बाणगंगा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।


ADVERTISEMENT


कपिलबस्तु नरपालिकामा कांग्रेसका किरण सिंहले ९ हजार २५४ मत ल्याई मेयरमा विजयी भए । यस्तै उपमेयरमा पनि कांग्रेसकै लक्ष्मी कसौधन ८ हजार ८६५ मतका साथ विजयी भएकी छन् ।


ADVERTISEMENT

# # #


यो नगरमा मेयरको दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवाररहेका छन् ।

यता कपिलबस्तु जिल्ला कै बाणगंगा नगरपालिकाको मेयरमा कांग्रेसका मंगलप्रसाद थारु विजयी भएका छन् । उनले १५ हजार ७३८ मत प्राप्त गरे । उपमेयरमा भने एमाले विजयी भएको छ । उपमेयरमा एमालेका चक्रपाणी अर्याल १५ हजार ८९३ मतका साथ विजयी भएका हुन् ।

बाणगंगा नगरपालिकामा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो ।