काठमाडौँ– आफ्ना नेताका नाममा सञ्चालन भएका अस्पताल खारेज गर्न लागेको भन्दै संसद अवरुद्ध गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अब महंगी र भ्रष्टाचार नियन्त्रणलाई मुख्य मुद्दा बनाएर देशव्यापी प्रदर्शन गर्ने बताएको छ ।


ADVERTISEMENT


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर अस्पतालको माग पूरा भएपनि विरोध प्रदर्शन उयथावत रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘सरकारले आफ्नो गल्ती सच्याएको भन्ने विवरण संचार माध्यममा आएका छन् । यस बारेमा पार्टीलाई औपचारिक जानकारी प्राप्त भएको छैन’ प्रवक्त शर्माले भने, ‘अबको मुख्य मुद्दा भनेको महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू र जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू, दर्जनौं मुद्दाहरु छन् जसलाई कांग्रेसले उठाउँछ र आफ्नो पूर्वघोषित कार्यक्रमलाई निरन्तरता दिन्छ ।’

यस्तै उनले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा पार्टीको धारणा यथावत् रहेको बताए । वाइवडी प्रकरण पछिल्लो समय पार्टी सभापति शेरबहारदुर देउवाको पनि नाम जोडिएपछि कांग्रेसले त्यसको कुरा ढाकछेप गर्न खोजेको आरोपको खण्डन गरे ।

‘भ्रष्टाचारको एजेण्डामा विगतमा गरिएको निर्णयहरु जुन–जुन घोटालाहरुसँग सम्बन्धित छन्, ती सबै विषयहरु पर्छन् भन्ने प्रष्टोक्ति म यहाँ राख्न चाहन्छु,’’ उनले पत्रकार सम्मेलनमा भने, ‘‘केही मिडियामा वाइडबडीलाई लुकाइयो भनेर समाचार आएको छ । आजको पत्रकार सम्मेलनमा म तपाईंहरुलाई स्मरण गराउन चाहन्छु, केन्द्रीय कार्यसमितिको बैठकले प्रष्टसँग भ्रष्टाचारको मुद्दा लेखेको छ । उठाएको छ ।’’

डा. गोविन्द केसीको जीवन रक्षाको माग

कांग्रेसले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाबाट बहुमतले चिकित्सा शिक्षा विधेयक पारित हुनु डा. के.सी.को अनसनप्रति संवेदनहीन व्यवहार भएको शर्माको जिकिर छ ।

‘संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य डा। गोविन्द केसीको अनसनप्रति संवेदनहीन व्यवहार हो’ उनले भने ।