काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचारीको अनुहार पनि नहेर्ने र भ्रष्टाचार निमूल पारेरै छाड्ने बताएका छन् ।


ADVERTISEMENT


कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको आज घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार सरकारलाई सह्य नहुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले राजनीतिमा अत्यन्त भ्रष्टचार रहेको र भ्रष्टाचारका विरुद्धमा उत्रिनुपर्ने बताएका थिए । उनलाई जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारी कसैको अनुहार सरकारले नचिन्ने र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने बताए ।

‘म सरकारको तर्फबाट भ्रष्टाचारविरुद्ध बोल्ने मात्र होइन, भ्रष्टाचारलाई ठेगान लाउने समेत काम गर्छु । भ्रष्टाचार हुन दिँइदैन । भ्रष्टाचारीमाथि धमाधाम कारवाही भइरहेको छ ।’ प्रधानमन्त्रीले भने, ‘हामी भेटायो कि समातेर ठेगान लगाउँछौं । मैले भनेको छु, म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार सहन्न । भ्रष्टको अनुहार हेर्दिनँ । कस्तो अनुहार छ मतलब छैन, कुन पार्टीको हो थाहा छैन । मदनकृष्णजी ढुक्क हुनुस् ।’

यस्तै प्रधानमन्त्री ओलीले केही वर्षमै देशको परिचय फेरिने बताए । ‘गरिब नेपाल, गरिब नेपाल रहँदैन। बाटा भत्किएको नेपाल त्यो रहँदैन। यत्ति सानो नेपाल चिटिक्‍क पार्न सकिने बताउँदै ओलीले भने, ‘अलिकति रिङरोड बनिसक्यो। अब अलिकति बनाउँदा धूलो हुन्छ। गाली पनि खाइन्छ तर बनिसकेपछि गाली खान छोडिन्छ।’

उनले मेलम्चीको पानी काठमाडौँ ल्याएरै छोड्ने र त्यसका लागि केही समय लागेपनि सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । नेपालमा लोकतन्त्र खुम्चियो भनेर प्रश्न गर्नेहरुलाई आफूले जवाफ दिने गरेको भन्दै प्रधानमन्त्री ओलीलले भने, ‘कहाँनेर खुम्चियो नेपालमा लोकतन्त्र रु नेपालमा लोकतन्त्र खुम्चिदैन, खुम्चिन दिइँदैन ।’

उनले जीपी कोइराला स्वासप्रश्वास केन्द्र बनाउनेबारे कांग्रेससँग छलफल गर्न चाहेको बताए। ‘स्वासप्रश्वास केन्द्रलाई यथास्थितिमा नराखेर राम्रो बनाउने भने। अगाडि बढाउन खोज्दा कांग्रेसले यथास्थितिमा राख्नु भन्यो। मैले निवेदन गर्दागर्दा कांग्रेसले मानेन्। असमझदारी यस्ता कुरामै छ।’

‘असमझदारी राख्नुपर्ने केही कारण छैन। हामीलाई अस्पताल चाहिएको छ। कलेज चाहिएको छ।अनुसन्धान केन्द्र तालिम केन्द्र चाहिएको छ। मान्छेलाई दक्ष बनाउनु छ, उनले भने, ‘जसबाट देशमा रोजगारीको सिर्जना गर्नुपर्छ।हाम्रो जनशक्ति बाहिर जानु नपरोस्।’

प्रधानमन्त्री ओलीलले धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको रंगशालामा आफ्नो तर्फबाट सकेको सहयोग रहने प्रतिवद्धता जनाए । बैंक खातामा पैसा भए पनि नभए पनि रंगशाला बनाउने र त्यसमा सहयोग गर्ने आँट देखाएको भन्दै उनले धुर्मुस सुन्तलीको प्रशंसा गरे ।

‘बजेट निकै ठूलो छ । पैसा छैन तै पनि आँट गर्‍यो । आँट गरेर नगरपालिकासँग सम्झौतै गर्‍यो’ उनले भने, ‘नयाँ काम प्रारम्भ गर्ने संकल्प गरेकोमा खुुसी व्यक्त गर्न चाहन्छु ।’
‘रंगशाला उद्‍घाटन गरेमात्र काफी हुँदैन, रं‌गशाला निर्माण हुनु राम्रो काम हो। उनले भने, ‘यसलाई समयमै सफल पार्न सहयोग गरौँ।’