विराटनगर– मोरङको सुनबर्षी नगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ ।


ADVERTISEMENT


प्रमुखको पदमा नेकाका कालीप्रसाद दासले पाँच हजार ४७३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत टङ्कप्रसाद पन्थीले जानकारी गराए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामप्रसाद राजवंशीले तीन हजार ८८४ मत प्राप्त गरेका थिए।


ADVERTISEMENT

# # #


त्यसैगरी, उपप्रमुखमा नेकाकी मञ्जुकुमारी राईले ६ हजार १९३ मत प्राप्त गरी विजयी भएकी छन्् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मीरादेवी दासले चारहजार १७१ मत प्राप्त गरेकी थिइन् ।