काठमाडौं । देशका पश्चिमी र मध्य क्षेत्रमा बिहिबारको मौसम सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


पश्चिमी मध्य र पूर्वी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदको भनाई छ । हिमाली र उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको महाशाखाले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


बिहिबार रातिको मौसम पनि सामान्यतया बदली नै रहने र केहि स्थानमा पानी पर्ने सम्भावना देखिएको मौसमविदको भनाई छ । बुधबारदेखि पश्चिमी वायुको प्रभाव कायम भएका कारण मौसममा बदली आएको हो ।