काठमाडौं – भद्रपुरमा बुद्ध एयरको रात्रीकालिन परीक्षण उडान सफल भएको छ । यससँगै पूर्वका चार जिल्ला प्रवेशद्धार रहेको भद्रपुरमा रातमा पनि उडान गर्न सकिने भएको हो ।


ADVERTISEMENT


कम्पनीले उडानमा थप एक खुड्किला पार गरेको दाबी गरेको छ । यो उडानले छिमेकी मुलुक भारतका सिलगढि, दार्जिलिङ, सिक्किम मात्र नभई तेश्रो मुलुक भुटान तथा बंगलादेशलाई पनि जोड्ने दाबी बुद्धको छ ।


ADVERTISEMENT

# # #


आरएनएभी (एरिया नेभिगेसन) प्रविधिको सहायताले “लो भिजिबिलिटी” र हाल जडान गरिएको रनवे लाईटले अब रात्रिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिने बुद्धको दाबी छ । यसअघि “लो भिजिबिलिटी” भएको बेला र सूर्यास्तपश्चात् उडान रद्द गर्नुपर्ने अवस्था थियो ।

द्धको अहिले भद्रपुरमा नियमित दुई उडान सञ्चालनमा छ । रात्रीकालिन उडान सफल भएसँगै १० फेब्रुअरिबाट रात्रीकालिन उडानसँगै दैनिक तीन उडान सञ्चालन हुने कम्पनीले बताएको छ ।

नागरिक उड्डयन प्राधिकरणले करिब ६ महिना अगाडि नै यस विमानस्थलमा आरएनएभी प्रविधि जडान गरे पनि रात्रिकालिन उडानका लागि आवश्यक रनवे लाईट जडान गरेको थिएन । बुद्धले यसअघि धनगढीमा पनि आवश्यक पूर्वाधारहरु जडान भएपछि रात्रीकालिन व्यावसायिक उडान भर्दै आइरहेको छ ।