काठमाडौँ– यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज (बिहिबार) पहिलो टी–२० खेल खेल्दैछ ।


ADVERTISEMENT


दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ओभल मैदानमा नेपालले टस जितेर बलिङ रोजेको छ । यसअघि ३ खेलको एकदिवसीय श्रृङ्खला २ १ ले जितेको नेपाल पूर्ण आत्मबलका साथ मैदान उत्रिएको छ ।


ADVERTISEMENT

# # #


नेपालका लागि तीन जना युवा खेलाडीले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् । डेब्यू गर्नेमा सन्दिप जोरा, रोहित पौडेल र अभिनाश बोहोरा रहेका छन् ।

नेपाली टिम
ज्ञानेन्द्र मल्ल, प्रदिप ऐरी, पारस खड्का(कप्तान), दिपेन्द्रसिंह ऐरी, सन्दिप जोरा, रोहित पौडेल, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, वसन्त रेग्मी, अभिनाश बोहोरा