काठमाडौं – टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको दोस्रो विकेट लिन सफल भएको छ ।  नेपालका लागि दोस्रो सफलता सोमपाल कामीले दिलाएका हुन् ।


ADVERTISEMENT


उनले गुलम सब्बीरलाई ८ रनमा सन्दीप जोराको हातबाट क्याच आउट गराएका हुन् । यस्तै नेपाललाई पहिलो सफलता सन्दीप लामिछानेले दिलाए । उनले आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भए । सन्दीपको बलमा युएईका अष्फाक अहमद दुई रनमा आउट भए ।


ADVERTISEMENT

# # #


सन्दीपले आफ्नो खेल जीवनको पहिलो टी–२० विकेट लिएका छन् । गत वर्ष वेष्टइण्डिज विरुद्ध लण्डनस्थित लर्डस् क्रिकेट मैदानमा विश्व-११ को तर्फबाट बलिङ गरेपनि उनले विकेट लिन सकेका थिएनन् ।