काठमाडौं । बिहिबार राष्ट्रिय सभाबाट समेत बहुमतले पारित भए पछि बहुचर्चित चिकित्सा शिक्षा बिधेयक कानून बनेर जन्मिएको छ । राष्ट्रपति बिद्यादेबी भण्डारीबाट सदर भएसंगै यो कानून बनेर कार्यान्वयनमा आउँदैछ ।


ADVERTISEMENT


नेपाल चिकित्सक संघले भने संसदीय सबै प्रक्रिया पुरा गरेर बिधेयक कानून बनेपछि शुक्रबारबाट देशभरका सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजमा सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


डा. गोबिन्द केसीको अनसनलाई समर्थन जनाउन भन्दै सो आन्दोलन गर्ने भनिए पनि संसदबाट बिधेयक पारित भईसके पछिको आन्दोलनले अस्पताल र निर्दोष बिमारीमाथि मात्रै प्रहार हुने बिज्ञहरु बताउँछन् ।

सरकारलाई दवाव दिने गरी आन्दोलन गर्नका लागि समय घर्किएको भन्दै संघको अब आन्दोलनले डा. केसीको अनसनलाई सहयोग नपुग्ने जानकारहरु बताउँछन् ।

सरकारले केसीको जीवन रक्षा गर्नका लागि पहल गर्ने बताएको छ । स्वास्थ्य र अत्यावश्यक सेवामा असर पुग्ने गरी गर्ने भनेको संघको आन्दोलन मानवअधिकारको मूल्य मान्यता विपरित समेत रहेको मानवअधिकारबादीहरुको बिश्लेषण छ ।