सुरुङ्गा, झापा– बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् ।


ADVERTISEMENT


अध्यक्षमा खड्गप्रसाद राजवंशीले पाँच हजार ५३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पाठकले पाँच हजार १११ मत प्राप्त गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै उपाध्यक्षमा कांग्रसकै रत्ना राजवंशीले पाँच हजार ४५३ मत प्राप्त गरी विजयी भइन् उनकी निकटतम् प्रतिद्वन्द्वी
एमालेकी गौरादेवी धमलाले पाँच हजार २५६ मत प्राप्त गरिन् ।

यसैगरी वडा नं. १, २, ३, ५ र ६ मा एमालेका क्रमशः शम्भुसिंह राजवंशी, यादव मिश्र, वीरेन्द्र राजवंशी, भूपेन्द्र कटुवाल र रत्नप्रकाश योङ्हाङ विजयी भएका छन् भने वडा नं. ४ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका समिम मिया र वडा नं. ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका मित्र भट्टराई विजयी भएको निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिए।