काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीलाई अनसनबाट उठ्न आग्रह गरेका छन् । डा. केसी प्रति सरकार संबेदनशिल नभएको भन्दै अनसन तोड्न देउवाले केसीलाई आग्रह गरेका हुन् ।


ADVERTISEMENT


आफू र आफ्नो पार्टीको मात्र नभई सबै नेपालीको भावना भन्दै उनले अनसनबाट उठ्न डा. केसीलाई आग्रह गरे ।


ADVERTISEMENT

# # #


‘तपाईको ज्यान तलमाथि भएपनि सरकारलाई मतलब छैन’ देउवाले भने ‘तर हामीलाई भने मतलब छ, लामो लडाइँ लड्नुछ, तपाई उठ्नुस् ।’

डा. केसीलाई भेट्न शिक्षण अस्पतालमा पुगेका देउवाले चिकित्सा शिक्षा विधेयक संशोधन गर्न काँग्रेसले प्रयास गरेको बताए ।