काठमाडौं, माघ १६ – घरेलू उपकरण उद्योगमा विश्वव्यापी चर्चा कमाएको स्काईवर्थले क्यान इन्फोटेक २०१९ मा नँया उत्पादन तथा प्रविधिहरु प्रस्तुत गरेको छ । स्काईवर्थले घरेलू उपकरणको क्षेत्रमा उत्कृष्ट प्रदर्शनको मान्यता पनि प्राप्त गरेको छ ।


ADVERTISEMENT


स्काईवर्थ हालै सीईएस २०१९ मा ४ अवार्डबाट सम्मानित भएको थियो । सीईएस २०१९ मा टिभी एक्सपिरेन्स गोल्ड अवार्डबाट सम्मानित भएको स्काईवर्थको क्यू थ्री सी एआई टिभी पनि क्यान इन्फोटेक २०१९ मा प्रदर्शनमा राखिएको छ । स्काईवर्थले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सालाई सपोर्ट गर्छ जुन स्मार्ट होमका नियन्त्रण गर्ने केन्द्र बिन्दु बनिरहेको छ । यसमा शक्तिशाली एत्त प्रोसेसर जडान भएको छ जसले गर्दा टिभीको उत्कृष्ट प्रदर्शन गरेर दर्शकलाई अध्भूत अनुभव सिर्जना गर्छ ।


ADVERTISEMENT

# # #


क्यान इन्फोटेक २०१९ मा एआई टिभी बाहेक गुगल एन्ड्रोइड सीरिजको टेलिभिजन पनि प्रदर्शन गरिएको छ । क्यान २०१९ मा स्काईवर्थको अन्य आकर्षणमा स्काईवर्थको मल्टीफङसनल टेबल जसमा इन बियुल्ट फ्रीज र साउन्ड सिस्टर, चेस्ट फ्रिजर र एयर कन्डिस्नर पनि रहेको छ ।

स्काईवर्थले गुगल, अमेजन र अन्य टेक्नोलोजी जायन्टसँग इन्टिलिजेन्ट प्रोडक्ट इकोसिस्टम स्थापना गर्न साझेदारी गरेको छ । “ओपन, शेयर, ह्वइन–ह्वइन” को विश्वव्यापी रणनीतिमा आधारित रहेर स्काईवर्थले एआई टिभी उत्पादन गरेर एआईओटी बिग स्क्रिन इन्टिलिजेन्ट समाधान र ग्राहकहरुलाई उत्कृष्ट उत्पादन प्रदान गर्दै आइरहेको छ ।