काठमाडौं । नेविसंघले आज साँझ देशका सबै जिल्लाहरुमा राँके जुलुस निकालेको छ ।


ADVERTISEMENT


सरकारको सर्बसत्तावाद बिरुद्ध कम्युनिष्ट सरकारका प्रधानमन्त्रीको पुत्ला दहन गर्दै देशैभर राँके जुलुस निकालिएको संघका केन्द्रीय अध्यक्ष नैनसिँह महरले हिमालय पोष्टलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेबिसंघ केन्द्रीय समितिको घोषणा अनुसार सबै जिल्ला सदरमुकाम र क्याम्पसहरु अगाडी नेबिसंघले बिरोध आन्दोलन गर्दै राँके जुलुस निकालेको हो ।

सरकारका पछिल्ला गतिबिधीका बिरुद्ध नेबिसंघ निरन्तर आन्दोलनमा उत्रिएको छ ।