काठमाडौँ– चिकित्सा शिक्षाको सुधारको लागि भन्दै २४ दिनदेखि अनरनरत डा गोविन्द केसीले अन्नतः १६ औँ अनसन तोडेका छन् । अनसन तोड्दै डा केसीले चिकित्सा शिक्षा सुधारका लागि फरक किसिमले लड्ने बताएका छन् ।


ADVERTISEMENT


त्रिवि शिक्षण अस्पतालका सफाइ सहयोगी कर्मचारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमनाथ ढुंगानाले जुस खुवाएका हुन् ।


ADVERTISEMENT

# # #


केसीलाई नागरिक समाजका अगुवा र शुभेच्छुकले धेरै दबाब दिएपछि केसी अनसन तोड्ने निर्णयमा पुगेका हुन् ।

अनशन स्थगीत गर्न डा. केसीलाई आजै पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वसभामुख दमनाथ ढुंगाना, केदारभक्त माथेमा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले आग्रह गरेका थिए ।