काठमाडाैं । डा. गाेबिन्द केसी बिरूद्द २३ दिन देखि अनसन बसेका सत्याग्रही बिजय थापाले अनसन ताेडेेका छन्।  थापाले टिचिङ अस्पतालका ५५ बर्षिय बिमारी र ३ बर्षकी बिमारीकाे हातबाट जुस खाँदै अनसन ताेडेका हुन् ।


ADVERTISEMENT


अस्पतालकी ३ वर्षीया बिमारी बालिका अकिया नगरकोटी र ५५ वर्षीय बिमारी बेचेन यादवबाट जुस पिएर थापाले अनशन तोडेका हुन ।


ADVERTISEMENT

# # #


स्वास्थ्य  शिथिल भएकाले उनलाई केही दिन अस्पतालमै राख्नुु पर्ने चिकित्सकहरूले सुझाव दिएकाे बताईएकाे छ ।

सँसदका दुबै सदनले चिकित्सा शिक्षा बिधेयक पास गरेकाे र डा. केसीले नै पराजय स्विकार गर्दै अनसन ताेडेकाले थापाले समेत माग पूरा भएकाे भन्दै थापाले सबैलाई धन्यबाद दिँदै याे चरणकाे सत्याग्रह टुँगाेमा पूर्याएकाे बताएका छन् ।

अनसन ताेड्दै थापाले याे देश, जनता, सरकार र समग्र मेडिकल शिक्षाकाे जित भएकाे प्रतिक्रिया दिएका छन् ।

अस्पताल पुगेका युवासँघ नेपालका अध्यक्ष रमेश पाैडेलले भने, – “जस्काे भरिया भएर डा. केसी अनसन बसेका थिए, उन्लाई उनीहरूले नै जुस ख्वाए । बिजय थापालाई बिमारी बृद्ध र बालिकाले जुस ख्वाए । याे विधि, प्रकृया र लाेकतन्त्रकाे बिजय भएकाे छ ।”

यस्तै, अखिलका महासचिव एेन महरले समेत लाेकतन्त्र र कानूनी राज्यका लागि बिजय थापाकाे बिजय भएकाे बताएका छन् ।