काठमाडौं । शनिबार बिहान नेविसंघका कार्यकर्ताले कास्कीका जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद सुवेदीको बा १ झ ५८७९ नम्बरको गाडीमा आगजनी गरेको बिषयलाई स्पष्ट पारेको छ ।


ADVERTISEMENT


अध्यक्ष नैनसिँह महरद्धारा हस्ताक्षरित एक बिज्ञप्ति जारी गर्दै नेबिसंघले नेबिसंघको बन्द आह्वान र शनिबार पनि सरकारी गाडी चलाएकाले घटना घटेको बताएको हो ।


ADVERTISEMENT

# # #


सरकार बिरुद्ध आन्दोलन जारी रहँदा असफल बनाउने तत्वहरुले स्थितीलाई मुठभेट तिर धकेल्न खोजिएको बिज्ञप्तिमा भनिएको छ ।

सोही क्रममा पक्राउ परेका नेबिसंघका नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न नगरिए सरकार बिरुद्ध थप संघर्षमा उत्रने नेबिसंघले चेतावनी समेत दिएको छ ।