काठमाडौं । शीर्ष चारमा पर्न प्रयासरत र पछिल्ला खेलमा लगातार जित निकाल्दै आएको म्यानचेस्टर युनाइटेडले आइतबार राति भएको खेलमा जित निकालेको छ ।


ADVERTISEMENT


इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १–० ले हराएको हो ।


ADVERTISEMENT

# # #


जोसे मोरिन्हो बर्खास्त भएपछि लगातार जित तथा बराबरी गर्दै आएको युनाइटेडको जितमा नवौँ मिनेटमा मार्कस रासफोर्डले गरेको गोल नै निर्णायक बन्यो ।

अन्तरिम प्रशिक्षक ओल गुनार सोल्सकेएरले क्लबको जिम्मेवारी सम्हाले यता अपराजित रहेको युनाइटेडको यो लगातार १० खेलमा नवौँ जित हो ।

जितपछि पाँचौँ स्थानमा उक्लिएको म्यानचेस्टर युनाइटेडको २५ खेलबाट ४८ अंक भएको छ । युनाइटेड चौथो स्थानमा रहेको चेल्सी भन्दा मात्रै दुई अंकले पछि छ भने छैटौँ स्थानमा झरेको आर्सनललाई एक अंकले पछि पारेको छ ।