काठमाडौं । ‘लोकतान्त्रिक सामन्तवाद’ सार्वजनिक भएको छ । किताबको विमोचन प्रा.डा. सुरेन्द्र केसीले गरेका हुन् । केसीले लोकतन्त्रको आवरणमा राज्यसत्तामा पक्षपाती र सामान्तवादी चरित्र मौलाउँदै गएको बताए ।


ADVERTISEMENT


उनले भने, ‘वर्तमान शासनसत्ता देख्नमा लोकतन्त्रजस्तो देखिए पनि शासनशैली र व्यवहारमा सामन्तवादी चरित्र देखिएको छ, त्यसकारण यसलाई लोकतान्त्रिक सामन्तवाद भन्न सकिन्छ ।’ लेखकले साहसका साथ लोकतन्त्रलाई सामन्तवादसँग दाँजेर वैचारिक पुस्तक लेखेको बताए ।


ADVERTISEMENT

# # #


लेखक अर्यालले लोकतन्त्र समस्त शोषित, पीडित र गरिब जनताको हित गर्ने विज्ञान र कला हुनुपर्नेमा त्यस्तो नभएको बताए । सुन्दा अप्रिय लागे तापनि मुलुकमा अहिले लोकतन्त्रको नाममा लोकतान्त्रिक सामन्तवाद हावी हुँदै गएको उनले बताए ।