एजेन्सी – कप्तान डेभिड मिलरको अविजित ६५ तथा रासिइए भान डेर डुसानको ४५ रनप्रेरित दक्षिण अफ्रिकाले आइतबार राती पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७ रनको विजय हासिल गरेको छ ।


ADVERTISEMENT


जोहानेसबर्गस्थित दी वान्डरर्स रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । १ सय ८९ रनको लक्ष्य लक्ष्य पछ्याएको पाकिस्तानले ९ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


घरेलु टोलीको जितमा कप्तान मिल्नरले सर्वाधिक अविजित ६५ रन बनाए । २९ बलको सामना गरेका मिल्नरले ५ छक्का र ४ चौका प्रहार गरे । भान डेर डुसानले ४५ रन, रिजा हेनड्रिक्सले २८ तथा जानेमन मलानले ३३ रन बनाउँदा हेनरिच क्लासेन ५ रनमा अविजित रहे । पाकिस्तानका इमद वासिम र शाहीन शाह अफ्रिदीले १र१ विकेट लिए ।

पाकिस्तानका बाबर अजमले सर्वाधिक ९० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । अजमले ५८ बलमा १३ चौका र १ छक्का प्रहार गरेका थिए । हुसेन तलतले ५५ रन र फकर जमानले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका एन्डील फेलुकवायोले ३ विकेट लिए भने बेउरन हेनड्रिक्स र क्रिस मोरीसले समान २–२ विकेट लिएका थिए ।

पहिलो ट्वान्टी–२० खेल दक्षिण अफ्रिकाले ६ रनले जितेको थियो । तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।