काठमाडौँ – युएईविरूद्धको एकदिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेर फर्किएको नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले एयपोर्टमै पुगेर सम्मान गरेका छन् ।


ADVERTISEMENT


अध्यक्ष तिमिल्सिनाले जितेर आएका १६ जना खेलाडी र अफिसियल सहित २३ जनालाई प्रोत्साहनस्वरूप जनही १० हजारका दरले दुई लाख १० हजार रुपैयाँ नगद प्रदान गरे । उनले खेलाडीहरुलाई थप सफलता प्राप्त गर्न हैसलाका लागि व्यक्तिगतरुपमा प्रोत्साहन रकम प्रदान गरिएको बताए ।
नेपाली क्रिकेट बारे नजिकबाट अपडेट रहने अध्यक्ष तिमल्सिना क्रिकेटप्रेमी हुन् ।


ADVERTISEMENT

# # #